०३ असार २०८३, बुधबार

मेक्सिकोमा प्रदर्शनकारीले प्रहरी अधिकारीलाई लगाए आगो, तत्कालै निभाइयो (भिडियो)

जेठ २३, २०७७
मेक्सिकोमा प्रदर्शनकारीले प्रहरी अधिकारीलाई लगाए आगो, तत्कालै निभाइयो (भिडियो)

मेक्सिकोमा विरोध प्रदर्शन गरिरहेका मानिसको एक समूहले एक प्रहरी अधिकारीलाई आगो लगाएका छन् । एकजना स्थानीय पुरुषलाई हिरासतमा लिएको केही समयमा नै उनको मृत्यु भएपछि देशमा विरोध र दंगा शुरू भएका हुन् ।

घटना ग्वादालाजारा शहरमा भएको हो । मोटरसाइलकमा आएमा प्रहरी अधिकारीहरू विरोधकर्ताहरूसँग आमनेसामने भएको भिडियोमा देखिन्छ । मास्क र कालो चश्मा लगाएका एक मानिसले एक प्रहरी अधिकारीको ढाडमा प्रज्वलनशील पदार्थ फ्याँकेर आगो लगाउँछन् । 

प्रहरी दौडिन्छन् र सडकपेटीमा लड्छन् । उनका सहकर्मी र बटुवाहरू बचाउन दौडिन्छन् । उनीहरूले तत्कालै आगो निभाउँछन् । त्यसपछि ती अधिकारी उठ्छन् र त्यहाँबाट जान्छन् । 

जियोभानी लोपेज नामक व्यक्तिलाई एक महिनाअघि गुआदालाजारा नजिक पक्राउ गरिएको थियो । पक्राउ गरेको केही घन्टापछि नै उनलाई हिरासतबाट अस्पताल लगिएको थियो र त्यहाँ नै उनको मृत्यु भयो । लोपेजलाई पक्राउ गर्दा प्रहरीले बल प्रयोग गरेको उनको भाइले खिचेको भिडियोमा देखिन्छ । 

लोपेजको हत्या गरिएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्