
काठमाडौं, १४ वैशाख — भारतको प्रसिद्ध पत्रिका पञ्जाब केसरीले मनीषा कोइराला कसरी क्यान्सरबाट मुक्त भइन् भन्ने विषयमा रिपोर्ट प्रकाशित गरेको छ ।

रिपोर्टका अनुसार हालै आयोजित एक प्रेस भेटघाटमा मनीषाले योगका कारण क्यान्सरसँग लड्न आफूलाई तागत प्राप्त भएको बताइन् । योगगुरु शम्भुशरणले सिकाएको योगलाई अपनाएर आफू क्यान्सरबाट मुक्त हुन सफल भएको उनले उल्लेख गरिन् ।
क्यान्सर लाग्नुअघि आफ्नो स्वास्थ्यमा ध्यान नदिएको र योगका बारेमा थाहा नपाएको उनले बताइन् । बिरामी भएपछि भने योगका बारेमा थाहा पाएको र त्यसैलाई अपनाएर पूरै स्वस्थ भएको उनले खुलासा गरिन् ।