३२ असार २०८३, बिहीबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि शारीरिक शोषणको आरोप

जेठ २५, २०७७
पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि शारीरिक शोषणको आरोप

सिन्थिया रिची नामक अमेरिकी महिलाले पाकिस्तानका पूर्वप्रधानमन्त्री यूसुफ रजा गिलानी र गृहमन्त्री रहमान मलिकमाथि बलात्कारको आरोप लगाएकी छन् । दुवैजनाले आफूमाथिको आरोपको खण्डन गरेका छन् । 

गिलानीले सिन्थिया विवादास्पद महिला भएको बताउँदै आफ्नो पार्टीले उनीविरुद्ध कानूनी कारवाही चलाउने बताए । 

गिलानीले गल्फ न्युजसँग कुरा गर्दै सिन्थियाले पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोका बारेमा आपत्तिजनक कुरा गरेकाले पार्टी कार्यकर्ताले उनीमाथि मुद्दा दायर गरेको र प्रतिशोधस्वरूप उनले यस्तो घृणास्पद आरोप लगाएको बताए । 

इस्लामाबादमा आयोजित प्रीतिभोजमा केही महिनाअघि मात्र सिन्थियालाई आफूले भेटेको गिलानीको भनाइ छ । त्यसअघि उनलाई कहिल्यै नदेखेको नभेटेको गिलानीले बताए । यस घटनाको अनुसन्धान पूरा नहुन्जेल

सिन्थियालाई देश छोेडेर जान नदिन पनि उनले अधिकारीहरूलाई अनुरोध गरेका छन् । 

रहमान मलिकले पनि आफूविरुद्ध सिन्थियाले झूटो र मनगढन्ते आरोप लगाएको बताए । आफूलाई बदनाम गर्न र तर्साउन आरोप लगाइएको उनको भनाइ छ ।

सिन्थिया रिची १० वर्षदेखि पाकिस्तानमा बस्दै आएकी छन् । आफूलाई सन् २०११ मा रहमान मलिकले रेप गरेको उनको आरोप छ । 

सिन्थियाले पीपीपीका नेता र पूर्वस्वास्थ्यमन्त्री मखदूम शहाबुद्दीनमाथि पनि यौन हिंसाको आरोप लगाएकी छन् । आफूलाई पीपीपीले धम्की दिइरहेको उनले बताइन् । पाकिस्तानी अनुुसन्धान निकाय एफआईएमा उनले उजुरी समेत गरेकी छन् । 

सिन्थिया आफूलाई पाकिस्तानप्रेमी, एड्भेन्चरिस्ट र फिल्म निर्मार्ता भनी दाबी गर्छिन् । उनी अनेकौं गैरसरकारी संस्थामा जोडिएको र इस्लामाबादमा बस्ने गरेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्