२६ असार २०८३, शुक्रबार

रूपन्देही र कपिलवस्तुका ९ जना कोरोना जितेर डिस्चार्ज

जेठ २५, २०७७
रूपन्देही र कपिलवस्तुका ९ जना कोरोना जितेर डिस्चार्ज

रूपन्देहीको बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा बनाइएको आइसोलेसन सेन्टरबाट ९ जना कोभिड–१९ जितेर घर फर्किएका छन् ।

डिस्चार्ज हुनेमा कपिलवस्तुका ८ जना र रूपन्देहीका १ जना छन् । उनीहरूलाई बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आइतबार पुष्पगुच्छा दिएर बिदाइ गरे । 

बुटवल उपमहागरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुुमार सिंहले ९ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिए । उनीहरू जेठ ११ गते आइसोलेसनमा एड्मिट भएका थिए । 

अहिले उक्त आइसोलेनस सेन्टरमा ३२ जना उपचाररत छन् । 

कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेकाले सन्तुलित आहारबिहार र उच्च मनोबल पाएपछि कोरोनालाई परास्त गरिएको घर फर्किने बेलामा बताएका थिए । 

सो अवसरमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले निको भएर जानेलाई सचेतना दूतका रूपमा काम गर्न आग्रह गरे ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्देशिकाले कोरोना भाइरसको लक्षण नदेखिएका र १४ दिन आइसोलेनमा बसेकाहरूलाई रिपोर्ट नेगेटिभ नआउँदै पनि डिस्चार्ज गर्न निर्देशन दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्