१० साउन २०८३, आइतबार

अमेरिकाले धनीलाई फाइदा हुने गरी पोस्न छाप्यो खर्बौं डलर, गरीबको बिजोग

जेठ २५, २०७७
अमेरिकाले धनीलाई फाइदा हुने गरी पोस्न छाप्यो खर्बौं डलर, गरीबको बिजोग

अमेरिकामा विगत तीन महिनादेखि स्टक मार्केट उच्च विन्दुमा छ भने लाखौं मानिस बेरोजगार भएका छन् । 

बेरोजगारी दर शतप्रतिशत हुन सक्नेछ अनि बजारहरू अझै उच्च विन्दुमा पुग्न सक्छन् किनकि सरकारले धनीहरूलाई खर्बौं डलर उपहार दिइरहेको छ र तिनले यो पैसा कार्टेलहरूमा लगानी गरिरहेका छन्, वालस्ट्रीटका पूर्वदलाल म्याक्स काइजरले भने ।

‘अमेरिकामा कामदार आवश्यक छैनन् । अमेरिकीहरूले पोहोर साल ३ खर्ब डलर कर तिरे भने केही महाधनाढ्यहरूको नियन्त्रणमा रहेको फेडरल रिजर्भ बैंक (फेड)ले आफ्ना लागि एक हप्तामा ६ खर्ब डलर छाप्यो । यस वर्ष मात्र उसले २० खर्ब डलर छाप्दैछ ।’

काइजरका अनुसार, ‘अमेरिका साउदी अरब बन्दैछ जहाँ राजकुमार र तन्नम गरीबहरू छन्, मध्यमवर्ग नै छैनन् ।’

सन् १९८७ मा तत्कालीन राष्ट्रपति रोनल्ड रेगनले भ्रष्ट बैंकरहरूलाई बेलआउट गर्न स्कट तथा बोन्ड किन्ने प्रचलन शुरू गरेका थिए । ‘उनीपछिका सबै राष्ट्रपतिले यसलाई विस्तार गरिरहेका छन् । फेडले छापेको निःशुल्क नगद उनीहरूले दुरुपयोग गरिरहेका छन् ।’

अमेरिकाको राष्ट्रबैंक मुद्रास्फीतिविरुद्ध लडिरहेको भनी झूट बोल्छ जब कि डलर छापेर उसले मुद्रास्फीति गराइरहेको छ । 

काइजरका अनुसार, छापिएको डलर छद्म बैंकहरू, छद्म कम्पनीहरू र बैंकका कार्टेलहरूकहाँ पुग्छ र उनीहरूले नै त्यो पैसा कुम्ल्याउँछन् । अर्थतन्त्रको उत्पादनमूलक पाटोमा चाहिँ नगदको अभाव हुन्छ र त्यो त्यत्तिकै मर्छ ।

स्टक र बोन्ड किन्न मिलुन्जेल फेडले आफ्नै लागि खर्बौं डलर छाप्छ र धनाढ्य तथा कार्टेलहरूलाई फाइदा पुर्‍याउँछ । यस्तो हुँदा स्टक मूल्य बढिरहनेछ र अमेरिकाका गरीबहरू सधैं गरीबै रहिरहनेछन्, काइजरले भने ।

आरटीबाट
 

salt training

कमेन्ट गर्नुहोस्