
यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका ४ पूर्व प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
राजस्व रकम हिनामिना गरी गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानीनोक्सानी पुर्याएको अभियोगमा तत्कालीन कार्यालय प्रमुखहरू नयनराज नेपाल, तीर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईसहित १७ जनाविरुद्ध फरक-फरक बिगो कायम गरी आरोपपत्र दाय गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कुल ४१ करोड ९० लाख ५० हजार ४ सय ३० रुपैयाँ रहेको बिगो रकम व्यक्तिगतरूपमा न्यूनतम ४५ हजार ४ सय ६१ देखि अधिकतम् ४ करोड ९४ लाख ९८ हजार ९ सय ६१ सम्म छ ।
हेर्नुहोस् : पूरा विवरण :

