०५ साउन २०८३, मंगलबार

सरिता गिरीको विवादास्पद भनाइ – निजगढमा अन्तराष्ट्रिय विमानस्थल होइन, सेनाको एयरबेस बनाइँदैछ !

सरिता गिरीको विवादास्पद भनाइ – निजगढमा अन्तराष्ट्रिय विमानस्थल होइन, सेनाको एयरबेस बनाइँदैछ !

समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले बंकरदेखि व्यारेकमा सेना लैजाने कुरा उत्तर या दक्षिण तर्फको मध्ये कुन सीमामा हो भनी संसदमा प्रश्न गरेकी छन् । उनले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नभई सेनाको एसर बेस बनाउन लागेको आरोप लगाइन् ।

विनियोजन विधेयक अन्तर्गत आइतवार प्रतिनिधि सभामा मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद गिरीले राष्ट्रिय सुरक्षाबारे दुइवटा महत्वपूर्ण कुरा राख्न चाहेको बताइन् । ‘बजेटमा सेनालाई बंकरदेखि ब्यारेकमा लैजाने भनिएको छ । उत्तरतिर लैजाने हो कि दक्षिण तिर ? सरकारले यसबारे प्रष्ट गर्नुपर्छ । सेना जहाँ सीमा विवाद छ त्यहाँ लैजाने हो । चीनले ३६ हेक्टर जमिन कव्जा गरेको छ, सेनाको पोष्ट त्यहाँ बनाइन्छ ?’ गिरीले प्रश्न गरिन् ।

सांसद गिरीले सेनाका लागि एयरबेस बनाउने कुरा गरेपनि कहाँ बनाउने भन्ने स्पष्ट नभएको तर आफ्नो विचारमा निजगढमा बनाउन लागिएको दाबी गरिन् । ‘सेनाका लागि एयरबेस कहाँ बनाइदैछ सरकार मौन छ । मैले दुई तीन वर्षदेखि निजगढमा एयरबेस बनाउन लागिएको भन्दै आएकी छु । निजगढमा अन्तराष्ट्रिय विमानस्थल होइन सेनाको बेसको तयारी बनाउने तयारी हुँदैछ । त्यसैका लागि काठमाडौं तराई फाष्ट ट्याक बनाउने जिम्मा पनि सेनालाइ दिइएको हो ।’

सांसद गिरीले कोरोनाका लागि खर्च भएको १० अर्ब रुपैया कहाँ खर्च भयो भनेर सरकारले संसदमा जवाफ दिनुपर्ने बताइन् । ‘स्वास्थ्य मन्त्रालयका उच्च कर्मचारीको सरुवा भएको छ, यो कतै अनियमितता लुकाउन त होइन ? कोरोनाको बारेमा १० अर्बबारे जानकारी गराउनु पर्छ,’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्