
भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई विसन्चाे भएकाे छ।
समाचार एजेन्सी एएनआईका अनुसार ज्वरो र घाँटीमा समस्या देखिएपछि उनको कोरोना परीक्षण गरिन लागिएको छ। उनी अहिले घरमा सेल्फ आइसोलेनमा छन्।
राज्यसभा सांसद संजय सिंहले पनि ट्वीट गरेर योबारे जानकारी दिएका छन्।
मुख्यमन्त्रीका पूर्व निर्धारित सबै कार्यक्रम मंगलबार दिउँसोसम्मका लागि रद्द गरिएको छ।