
रुपन्देहीको तिलोत्तमामा रहेको भैंसी फार्ममा ५ जनाको सामुहिक हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयका रुपन्देहीका डिएसपी खड्ग बहादुर खत्रीले फार्ममा काम गर्ने ५ जना कामदारको हत्या भएको पुष्टि गरे ।
हत्या हुनेमा १७ वर्षका करण चौधरी,१७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेका छन् ।




तस्वीर सबै : प्रकाश आचार्य