२५ असार २०८३, बिहीबार

एमालेको घोषणापत्र दुई दिनपछि

कात्तिक २०, २०७४
एमालेको घोषणापत्र दुई दिनपछि


काठमाडौँ, १४ वैशाख - नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणापत्र अबको दुई दिनपछि सार्वजनिक गर्ने भएको छ ।uml_2

आज सो पार्टीको केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बसेका स्थायी कमिटीको बैठकमा घोषणापत्रको अन्तिम मस्यौदा र महानगरहरुका उम्मेदवार चयनका विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।

बैठकमा संविधान संशोधन विधेयक र स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने सरकारको निर्णयका सम्बन्धमा पनि छलफल भएको थियो ।

पार्टीका सचिव एवम् केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले अधिकांश प्रदेशका स्थानीय तहमा उम्मेदवार सिफारिस र तय भइसकेको बताउँदै घोषणापत्र चाँडै जारी हुने बताए । बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ । रासस

salt training

कमेन्ट गर्नुहोस्