०२ असार २०८३, मंगलबार

नयाँ नेपाल: एक रुपियाँ दामासाहीले बाँडिन्छ छ जनालाई

कात्तिक २०, २०७४
नयाँ नेपाल: एक रुपियाँ दामासाहीले बाँडिन्छ छ जनालाई


काठमाडौँ, १५ वैशाख - मासिक पाँच रुपियाँ अनि वार्षिक ३७ रुपियाँ पारिश्रमिकमा काम गर्ने आजको नयाँ नेपालमा को होला ? अर्थ मन्त्रालय कौशितोषाखाना कार्यालयअन्तर्गत कार्य गर्ने कयौँ जनाको यो पारिश्रमिक अझै पनि कायम छ । यसलाई जङ्गबहादुरकालीन दररेट पनि भन्ने गरिन्छ, गोरखापत्रमा खबर छ  ।rupee-old
कुनै बेला यो पारिश्रमिक अब्बल थियो होला तर उतिबेलैदेखि कहिल्यै वृद्धि नभएको यो पारिश्रमिक अहिले भने असाध्यै न्यून भएको अधिकारीहरू नै स्वीकार गर्छन् । यद्यपि यो पारिश्रमिक बढाउन भने कहिल्यै तयार हुँदैनन् ।
हनुमानढोका दरबारको मूलचोकमा अवस्थित तलेजुका मूल पुजारी उद्धव कर्माचार्य भन्छन्, “ कौशितोषाखानाले दिने वार्षिक ३७ रुपियाँ पारिश्रमिक खर्च लिन छोडेकै वर्षौं भइसक्यो । ”
पुग्दै नपुग्ने खर्च लिएर के गर्नु ? भन्ने प्रश्न गर्दा उनी थप्छन् , “यो रकम तलेजुमा पूजा गरेबापत अर्थ मन्त्रालयबाट निकासा भई पाउने रकम हो । ” निकासा भएको यो रकम कौशितोषाखाना कार्यालयले वितरण गर्ने गरे पनि रकम न्यून भएको असन्तुष्टि वर्षौंदेखि सम्बोधन हुन सकेको छैन ।
अर्थ मन्त्रालयका उपसचिव एवं साविक कौशितोषाखानाका प्रमुख हेमन्त निरौला यो रकम काम लगाएबापत निकै कम भएको स्वीकाछन् ।

निरौलाका अनुसार हनुमानढोका दरबार र परिसरमा रहेका ससाना आकारका मन्दिरमा पूजा गर्ने धेरैको पारिश्रमिक मासिक पाँच रुपियाँभन्दा बढी छैन ।
काभ्रेपलाञ्चोक भगवतीका पुजारीले त पूजा गरेबापत वार्षिक दुई रुपियाँ ३८ पैसा पारिश्रमिक लिने गरेका छन् । इन्द्रजात्रामा नचाइने मजिपाटको लाखेले वार्षिक १२३ रुपियाँ, पाटन दसैँघरका सुसारेले वार्षिक दुई सय रुपियाँ पाउँछन् । इन्द्रजात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ बनाउने आधा दर्जन शिल्पकारले एक रुपियाँ पारिश्रमिक पाउँछन् ।
यो एक रुपियाँ दामासाही भाग लगाउन नमिल्ने भएकाले शिल्पकारले खुत्रुकेमा पारिश्रमिक सङ्कलन गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्