२१ असार २०८३, आइतबार

अष्ट्रेलियाले नेपाली विद्यार्थीको लागि सहज प्रावधान बनायो

कात्तिक २०, २०७४
अष्ट्रेलियाले  नेपाली विद्यार्थीको लागि सहज प्रावधान बनायो
काठमाडौँ, १५ बैशाख- अष्ट्रेलियन सरकारले विद्यार्थी भिसाका लागि नेपाललाई मध्यम जोखिमयुक्त देश (एएल–२)को वर्गमा राखेको छ। नेपाली विद्यार्थीको गुणस्तरीय अध्ययनको निरन्तरता, अनुशासन र प्रगति विवरणको आधारमा नेपाल यो वर्गमा परेको हो।AustralianFlag

गएको मार्च ३० मा अष्ट्रेलियन सरकारले गरेको मूल्याङ्कनमा नेपाल उक्त वर्गमा परेको हो । सन् २०१६ को जुलाईबाट अष्ट्रेलियन सरकारले लागू गरेको नयाँ भिसा नीति सिम्प्लिफाइड स्टुडेण्ट भिसा फ्रेमवर्क (एसएसभीएफ)अनुसार उसले नेपाललाई यो मूल्याङ्कनमा राखेको हो । गएको वर्ष पनि उसले नेपाललाई यही वर्गमा राखेको थियो, आर्थिक अभियान दैनिकमा खबर छापिएको छ ।

एसएसभीएफ अनुसार जोखिम कम भएका मुलुकलाई (एस्सेसमेण्ट लेभल) एएल–१, जोखीम मध्यम भएका मुलुकलाई एएल–२ र जोखिम अधिक रहेका मुलुकलाई एएल–३ कायम गरिएको छ । भिसा प्रक्रियामा विद्यार्थीहरूले वास्तविक बैङ्किङ कागजात पेश गर्ने, लाग्ने खर्च बेहोर्ने क्षमता राख्ने जस्ता कुराहरू हुन सके नेपाल एएल–१ मा पनि पुग्न सक्ने नेपाल शैक्षिक परामर्श सङ्घका अध्यक्ष प्रकाश पाण्डेले बताए।

विगतमा सीमित बैङ्कहरूको कागजात (फण्ड तथा ऋण) मात्रै स्वीकार्दै आएको अष्ट्रेलियन हाई कमिशनले १ साता अघिबाट आफ्नो सीमा खुकुलो गरेको छ । उसले नेपाल राष्ट्र बैङ्कको नियन्त्रण र अनुगमनमा रहेका तथा ‘क’ वर्गको इजाजत प्राप्त सबै कमर्शियल बैङ्कमार्फत प्राप्त हुने कागजातलाई मान्यता दिने भएको छ । यस प्रक्रियाका लागि आफूहरूले गरेको पहलले साकार रूप पाएको अध्यक्ष पाण्डेले दाबी गरे |

salt training

कमेन्ट गर्नुहोस्