०२ असार २०८३, मंगलबार

उत्तर कोरियासँग ठूलै द्वन्द्व पर्न सक्छ : ट्रम्प

कात्तिक २०, २०७४
उत्तर कोरियासँग ठूलै द्वन्द्व पर्न सक्छ : ट्रम्प

काठमाडौं, १५ वैशाख — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार समाचार संस्था रोयटर्सलाई अन्तर्वार्ता दिँदै उत्तर कोरियासँग ठूलै द्वन्द्व पर्न सक्ने बताएका छन् । तर समस्याको कूटनीतिक हल आफूले चाहेको पनि उनले बताए ।


‘उत्तर कोरियासँग हामीले ठूलै द्वन्द्व गर्नुपर्ने अवसर आउनसक्छ । अवश्य,’ ट्रम्पले भने ।

सैन्य कारवाहीलाई स्थगित नगरिकनै उनी र उनको प्रशासनले उत्तर कोरियामाथि थप नयाँ आर्थिक प्रतिबन्ध लगाएर संकट समाधानमा लाग्ने समेत ट्रम्पले बताए ।

‘हामीहरू कूटनीतिक तवरले कुरा मिलाउन चाहन्छौं तर यो एकदमै गाह्रो छ,’ उनले भने ।

अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली थाडको खर्च दक्षिण कोरियाले उठाउनुपर्ने उनले कुरा राखे । यसको मूल्य करीब एक अर्ब डलर हुनसक्ने उनी अनुमान गर्छन् ।

सिउलसँग व्यापार घाटा चलिरहेका कारण उनी खुल्ला व्यापार सम्झौतालाई पुनः सम्झौता गर्न वा खारेज गर्न चाहेको बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्