०५ असार २०८३, शुक्रबार

उपेन्द्र यादवको प्रश्न : सुगौली सन्धिभन्दा पछि हटेर महाकाली सन्धि गर्नेले माफी माग्नु पर्दैन ?

उपेन्द्र यादवको प्रश्न : सुगौली सन्धिभन्दा पछि हटेर महाकाली सन्धि गर्नेले माफी माग्नु पर्दैन ?

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्व परराष्ट्रमन्त्री उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछि हटेर महाकाली सन्धी गरेकोमा माफी माग्नुपर्ने बताएका छन् ।

संविधान संशोधन विधेयकमाथि शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा भाग लिँदै अध्यक्ष यादवले महाकाली सन्धि गर्दा मुहानको टुंगो किन नलगाएको भन्दै प्रश्न गरेका छन् ।

नेपालको नक्साको चुच्चो कसको पालामा हटेको भन्नेबारे जानकारी दिनुपर्ने उनले बताए । यादवले संविधान संशोधन विधेयक पारित गर्ने बेलामा अहिले आएर प्रमाण खोज्ने समिति गठन गरेको र त्यसमा मधेशी समुदायलाई सहभागी नगराएको गुनासो गरे । 

‘हिजो हाम्रो पार्टी कार्यालयमा गएर सत्तारुढ दलका कार्यकर्ताले जातीय साम्प्रदायिकता फैलाउने काम भयो । जबसम्म आन्तरिक एकता दह्रो हुँदैन, विदेशीसँग गर्न सक्नुहुन्न,’ यादवले भने । 

यादवले राष्ट्रियताको सवालमा एकै ठाउँमा रहेको भन्दै संविधान संशोधन विधेयकको पक्षमा सर्वसम्मत रुपले पारित गर्ने निर्णय गरेको जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्