०८ असार २०८३, सोमबार

संविधान संशोधन विधेयकको पक्षमा २५८ मत, विपक्षमा शून्य

संविधान संशोधन विधेयकको पक्षमा २५८ मत, विपक्षमा शून्य

नयाँ नक्सा अनुसार नेपालको निसाना छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट दुईतिहाइभन्दा बढी मतले पारित भएको छ । 

सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक दुईतिहाइभन्दा बढी मतले पारित भएको घोषणा गर्दा संसदमा ताली बजेको थियो । 

शनिवार प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा २५८ सांसदले विधेयकको पक्षमा मतदान गरेका छन् । विधेयकको विपक्षमा शून्य मत परेको छ । प्रतिनिधि सभामा २७५ सांसद छन् ।

शनिवार प्रतिनिधिसभा बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् । 

शनिवार प्रतिनिधिसभा बैठकमा भएको दफावार छलफलमा नेकपा अध्यक्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइराला, राजपाका राजेन्द्र महतो, समाजवादी पार्टीका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेमकिपाका प्रेम सुवालले भाग लिएका थिए । 

सांसदहरूले राष्ट्रियताको सवालमा देखिएको एकता कायम राख्दै नपाली भूमि फिता लिनुपर्ने बताएका थिए । दफावार छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कानून मन्त्री तुम्बाहाङ्फेले आजको दिन नेपाली इतिहास र संसदीय इतिहासमा गौरवपूर्ण दिनको रुपमा दर्ज भएको बताइन् । 

सरकारको तर्फबाट जवाफ दिँदै कानून मन्त्री तुम्बाहाङ्फेले नक्सा अनुसार नेपाली भूमि फिर्ता लिइने बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्