०८ असार २०८३, सोमबार

संसदबाट नयाँ नक्सा पारित भएपछि डा. भट्टराईले दिए उपेन्द्र यादव र राजेन्द्र महतोलाई बधाई

संसदबाट नयाँ नक्सा पारित भएपछि डा. भट्टराईले दिए उपेन्द्र यादव र राजेन्द्र महतोलाई बधाई
फाइल फोटो।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नयाँ नक्सासहितको संविधान संशोधन पारित हुनु सबै नेपालीका निम्ति गर्वको विषय रहेको बताएका छन्।

नयाँ नक्सा अनुसार नेपालको निसान छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको थियो।

डा. भट्टराईले शनिबार साँझ ट्वीट गर्दै काठमाडौँले सधैं शंकाको दृष्टिले हेर्ने मधेश नेपाली राष्ट्रियताको पहरेदारको रूपमा आमजनमानसमा स्थापित भएको समेत बताएका छन्। उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र सोही दलका नेता राजेन्द्र महतोलाई बधाई पनि दिएका छन्। 

 

salt training

कमेन्ट गर्नुहोस्