१३ असार २०८३, शनिबार

आइसोलेसनमा बसेका र प्रहरीबीच झडप

जेठ ३१, २०७७
आइसोलेसनमा बसेका र प्रहरीबीच झडप

दैलेखको एक आइसोलेसनमा बसेका र प्रहरीबीच  झडप हुँदा चार जना घाइते भएका छन्। शनिबार नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ नागरिक र प्रहरीबीच झडप भएको हो। 

महिनौदिन पुग्दा पनि पुनःस्वास्थ्य जाँच नगरिएको पिसिआर र आरडिटि पोजेटिभलाई एकै ठाउँमा राखिएको, खानपिनकोे राम्रो व्यावस्थापन नभएको भन्दै सङ्क्रमितले आन्दोलन गरेका हुन्। 

आइसोलेसनमा बसेका पिसिआर पोजेटिभ घर जान खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिएको दैलेखका प्रहरी प्रमुख हरी बहादुरवलीले बताए। प्रहरीको कुटाइबाट एक घाइते भएका छन् भने तीन जना सामान्य रहेका छन् । उहाँहरु चारलाई उपचारका लागि स्वास्थ्य सेवा कार्यालय लगिएको छ। 

त्रिभुवन माध्यमिक विद्यालयको आइसोलेसनमा करिब ३४ जना पिसिआर पोजेटिभलाई राखिएको छ। केही दिन अगाडि उक्त विद्यालयको क्वारेन्टिनमा राखिएकाले पानीसमेत नपाएको भन्दै आन्दोलन गरेका थिए।  

salt training

कमेन्ट गर्नुहोस्