
गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतवार बिहान एक सूचना जारी गर्दै थप २ जनामा संक्रमण देखिएको जनाएको हो ।
पछिल्लो अपडेटअनुसार नवलपरासीको (बर्दघाट सुस्ता पूर्व), देवचुली नगरपालिकाका २३ र ३२ वर्षीय पुरुषमा कोरोना देखिएको छ । उनीहरू नगरपालिकाकै क्वारेन्टाइनमा बस्दै आइरहेको छ ।
यससँगै गण्डकी प्रदेशमा कुल १ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।
