
भगवानले बचाउन चाहेकोलाई कसैले मार्न सक्दैन भन्ने लोकोक्ति छ । हुन पनि चीनको बेइजिङमा त्यस्तै भयो ।

त्यहाँको सामाजिक सञ्जालमा एउटा भिडियो अहिले खुबै भाइरल भइरहेको छ । भिडियोमा सडकमा निस्केकी एक बच्चीमाथि दुईवटा कार गुडेपनि उनलाई केही भएन ।
यो भिडियो हेर्ने मानिसको हंसले ठाउँ छोड्छ । बच्ची चामत्कारिक ढंगले बाँचिन् तर उनलाई सामान्य चोटपटक लाग्यो ।
चीनको सीसीटीभी क्यामरामा यो घटना कैद भएको थियो । गुलाबी लुगा लगाएकी बच्ची व्यस्त सडक पार गर्न खोज्दै गर्दा दुईवटा एसयुभी गाडी उनीमाथि चढ्न पुगे ।
बच्ची कारबाट बच्न तल झुकिन् र त्यत्तिकै बसिन् । अनि त पहिलो र दोस्रो कार उनीमाथिबाट गुज्रिए ।
हेरौं भिडियो :
एजेन्सी