महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ संक्रमित भेटिएका छन् ।
विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक असर परेका४मुलुकहरु-
संयुक्तराज्य अमेरिकामा २१ लाख ४२ हजार २२४ संक्रमित रहेका छन् भने ८ लाख ५४ हजार १०६ निको भएर घर फर्केका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख १७ हजार ५२७ रहेको छ ।
त्यस्तै ब्राजिलमा संक्रमितको संख्या ८ लाख ५० हजार ७९६, निको हुनेको संख्या ४ लाख ३७ हजार ५१२ र मृत्यु हुनेको संख्या ४२ हजार ७९१ रहेको छ ।
बेलायतमा २ लाख ९४ हजार ३७५ संक्रमित भएका छन् भने ४१ हजार ६६२को मृत्यु भएको छ । इटालीमा २ लाख ३६ हजार ६५१ संक्रमित, १ लाख ७४ हजार ८६५ निको हुनेको संख्या र ३४ हजार ३०१ मृत्यु हुनेको संख्या रहेको छ ।
फ्रान्समा १ लाख ५६ हजार ८१३ संक्रमित, ७२ हजार ८०८ निको भएका र २९ हजार ३९८ मृत्यु हुनेको संख्या रहेको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ९० हजार ६८५ छ भने मृत्यु हुनेको संख्या २७ हजार १३६ रहेको छ ।