०३ असार २०८३, बुधबार

काठमाडौँ आउने-जानेहरूका लागि गरियो नयाँ व्यवस्था [विज्ञप्तिसहित]

काठमाडौँ आउने-जानेहरूका लागि गरियो नयाँ व्यवस्था [विज्ञप्तिसहित]

जिल्ला प्रशासन कार्यालय काठमाडौँले बाहिरबाट काठमाडौँ भित्रिनेहरूका लागि नयाँ व्यवस्था गरेको छ ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले दिएको निर्देशन अनुसार काठमाडौँ उपत्याका प्रवेश गर्ने साधनको सवारी पासका लागि नयाँ व्यवस्था गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रशासकीय अधिकृत मानबहादुर बुढाले आइतवार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ जिल्लाको जुन नगरपालिकाभित्र बसोबास रहेको हो, त्यही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमति चाहिने बताएका हुन् ।

'जिल्लाको जुन नगरपालिकामा बसोबास रहेको छ सोही नगरपालिकाले प्रवेशका लागि दिएको अनुमति सहित यात्रा शुरू गर्ने, जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ । यो प्रावधान व्यक्तिगत रूपमा काठमाडौँ प्रवेश गर्न चाहनेहरूका लागि हो ।

त्यस्तै संस्थागत रूपमा प्रवेश गर्न चाहनेहरूका हकमा विज्ञप्तिमा 'जिल्ला प्रशासन कार्यालयबाट अनुमति माग गरी यस कार्यालयमा पत्र प्राप्त भएपश्चात संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजात समेत विचार गरी सवारी पास जारी गर्न सहमति प्रदान गरिने छ' भनी उल्लेख गरिएको छ ।

काठमाडौँ जिल्लाभित्र जोर विजोर प्रणाली लागू भइसकेकाले सवारी पास हाललाई बन्द गरिएको छ । त्यस्तै काठमाडौँ उपत्याकाबाट व्यक्तिगत रूपमा बाहिर जान चाहनेहरूले प्रयोजन खुल्ने गरी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने र संस्थागत रूपमा जानुपरेमा सम्बन्धित संस्थाको सिफारिससहित निवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्