स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को परीक्षण निजी ल्याबमा पनि गर्न सकिने गरी व्यवस्था गरेको छ ।
आइतवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले निर्देशिकाबमोजिम संकलन गरिएको स्वाबको परीक्षण प्राइभेट ल्याबमा पनि गर्न सकिने गरी व्यवस्था गरेको जानकारी दिए ।
'कोभिड १९ परीक्षणका लागि संकलन गरिएको स्वाब प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ,' उनले भने, 'यसका लागि लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।'
त्यस्तै प्रवक्ता गौतमले विदेश जान आवश्यक पर्ने मेडिकल सर्टिफिकेटका वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा गरिने व्यवस्था मिलाइएको बताए ।