०६ असार २०८३, शनिबार

नवलपरासीमा थप १ जनामा कोरोना संक्रमण

नवलपरासीमा थप १ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमवार बिहान एक विज्ञप्ति जारी गर्दै एक जना कोरोना संक्रमित पाइएको जनाएको हो । 

निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्), बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षीय १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ५ पुगेको छ । बिहान मात्रै गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्