१४ असार २०८३, आइतबार

काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा, सतर्कता अपनाउन महाशाखाको अपिल

काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा, सतर्कता अपनाउन महाशाखाको अपिल

अहिले नेपालकाे अधिका‌ंश भूभागमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भूभागबाट मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी  वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । 

महाशाखाका अनुसार, काठमाडौं उपत्यका, कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र  साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भइरहेको छ। 

आज दिउँसो सुदूर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाकी  प्रदेशहरूमा पूर्ण बदली  रहने महाशाखाको अनुमान छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको   सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राती सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी  प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

देशका केही स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले  सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्