२२ असार २०८३, सोमबार

कर्णालीमा कोरोनाबाट कसैको मृत्यु भए १ लाख राहत दिइने, डेढ अर्बको कोभिड कोष

कर्णालीमा कोरोनाबाट कसैको मृत्यु भए १ लाख राहत दिइने, डेढ अर्बको कोभिड कोष
फाइल फोटो

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पेश गरेका छन् ।

कोरोनाबाट कर्णालीमा कसैको मृत्यु भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

कोरोनाविरुद्धको लडाईंमा जनचेतना जगाउनका लागि स्वास्थ्य स्वंयसेविकालाई खटाइने भएको छ ।

उनीहरूलाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको छु । यसका लागि ४ करोड विनियोजन गरिएको मन्त्री ज्वालाले बताए ।

कोभिड– १९ लाई परास्त गर्न खटिएका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई शुरूको तलबको १ सय प्रतिशत तथा सफाइकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए ।

एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्