२१ असार २०८३, आइतबार

सरकार भ्रष्ट भएको भन्दै नेविसंघ सडकमा

सरकार भ्रष्ट भएको भन्दै नेविसंघ सडकमा

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको खर्च पारदर्शी नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट भातृसंगठन नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ ।

सरकारले लक-डाउन खुकुलो गरेकै दिन सोमवार नेविसंघका नेता तथा कार्यकर्ताहरू सडकमा आएर विरोध प्रद्दर्शन गरेका हुन् । सोमवार राजधानीको नयाँ बानेश्वरमा विरोध प्रदर्शनको कार्यक्रम रहेको थियो ।

मेडिकल सामग्री खरिदमा अनियमितता, अव्यवस्थित क्वारेन्टाइन, कोरोना नियन्त्रणमा गरेको अपारदर्शी खर्च लगायतका मुद्दा उठाउँदै आफूहरू प्रदर्शनमा उत्रिएको नेता दिपक भट्टराईले लोकान्तरलाई बताए ।

'सरकार भ्रष्ट भयो, यसको विरुद्ध आन्दोलन गर्नुको कुनै विकल्प रहेन,' भट्टराईले भने ।

हेर्नुहोस् तस्वीर -

salt training

कमेन्ट गर्नुहोस्