०९ साउन २०८३, शनिबार

विदेशमा अलपत्र नागरिक फर्काउन हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो उडान तालिका र भाडादर

असार १, २०७७
विदेशमा अलपत्र नागरिक फर्काउन हिमालय एयरलाइन्सले सार्वजनिक गर्‍यो उडान तालिका र भाडादर

विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो । 

हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान श्रीलङ्काको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ ।

यो गन्तब्यमा पहिलो उडानको ३८० डलर तोकिएको छ । कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर निर्धारण गरिएको छ । 

त्यसैगरी बङ्गलादेशको ढाकाबाट उडान गर्नका लागि १६५ डलर निर्धारण गरिएको छ । युएईको आबुधावीको भाडा ३६५ डलर तोकिएको छ ।

त्यस्तै साउदी अरेबियाको दमममाबाट ४६५ डलर तोकिएको छ । सिङ्गापुर र मलेसियाको क्वालालम्पुरका लागि ३७२ डलर भाडादर कायम गरिएको हिमालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सरकारको निर्णयअनुसार कोभिड–१९ महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरुप उडान तालिका बनाइएको हिमालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो ।

त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । नेपाल एयरलाइन्सको वाइड बडी जहाजले आइतबार बङ्गलादेशबाट २५८ नेपालीको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्