०६ साउन २०८३, बुधबार

मनसुन भित्रिएसँगै मुलुकभर पानी पर्न थाल्याे, बाढीपहिरोको जोखिम बढ्यो

मनसुन भित्रिएसँगै मुलुकभर पानी पर्न थाल्याे, बाढीपहिरोको जोखिम बढ्यो

यस वर्ष मनसुन भित्रिए लगत्तै सक्रिय बनेको छ। गत वर्ष औसतभन्दा १० दिन ढिलो भित्रिएको मनसुन यो वर्ष जेठ ३० गते अर्थात जुन १२मा भित्रिएको थियो। 

नेपालमा औसतमा जुन १० मा मनसुन भित्रन्छ। मुलुकभर सक्रिय हुन थप एक साता लाग्ने गर्छ।

तर, यो वर्ष भने मनसुनको प्रवेशसँगसँगै वर्षा हुने क्रम पनि बढ्दै गइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार र मंगलबार देशभरका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। जसका कारण ती क्षेत्रका नदीमा पानीको वहाव बढ्ने,बाढीपहिरोको रहेकाले सतर्कता अपनाउन भनिएको छ। गत शनिबार मात्र पर्वतमा पहिरो जाँदा २ घर पुरिएका थिए।

 महाशाखाका अनुसार नेपालको  पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी  वायुको प्रभाव रहेको छ।

यसैबीच राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिराेबाट जाेगिन अपील गरे‍काे छ।

यस्ताे छ भिडियाे अपील

 

salt training

कमेन्ट गर्नुहोस्