
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले सोमबार प्रदेश सभामा ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको हो।सुदूरपश्चिमकाे चालू आवकाे बजेट २८ अर्बको थियाे।
प्रदेश सरकारले स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, उर्जा, तटबन्ध आदि पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ।
बजेटमा यूवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको छ। कोभिड-१९ कारण रोजगारी गुमाएका तथा बेरोजगार युवालाई लक्षित गरी 'युवाको जवानी, प्रदेशको लगानी ' भन्ने नाराका साथ युवा उद्यम कार्यक्रम ल्याउने भएको छ। जसलाई मध्येनजर गरी स्वरोजगार विकास कोष स्थापना गरिने भएको छ। ३५ करोड थप गरी ५ करोड सञ्चालन खर्च थप गरी ४० करोड बनाइएको छ। कोषको आकार १ अर्ब ५० करोड बनाइएको छ।
त्यस्तै प्रदेश राजधानी निर्माणको लागि बजेट बिनियोजन गरिएको छ। प्रदेश राजधानी बनाउन २ करोड बिनियोजन गरिएको हो।
सार्वजनिक खर्चमा पर्न सक्ने चापलाई व्यवस्थापन गर्ने जनाइएको छ। सवारी साधन, मर्मत इन्धनलगायत अन्य सार्वजनिक सेवा खरिदलाई मापदण्ड बनाई लागू गरिने भएको छ। भने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत राष्ट्रसेवक बाहेक अरुलाई प्रदान गरिने प्रोत्साहन भत्ता, अतिरिक्त समयकाे भत्ता, बैठक भत्ता, जोखिम भत्तालगायत सबै भत्ता साउनदेखि खारेज गरिने भएको छ।
बजेटकाे पूर्ण पाठका लागि यहाँ क्लिकगर्नुहाेस्