
काठमाडौं, १५ वैशाख -
के तपाईँ विदेश जाने सोचिरहनुभएको छ तर जान्कारीहरू कहाँबाट लिने भन्ने थाहा पाउनुभएको छैन?
के तपाईँको परिवारको सदस्य तथा साथीहरू विदेशमा छन् र उनीहरूलाई कुनै पनि तरिकाले सहयोग गर्न चाहानुहुन्छ?
अथवा तपाईँ विदेशमै हुनुहुन्छ र नेपाल फर्किएर केही गर्न चाहानुहुन्छ?
यदि त्यस्तो हो भने वैदेशिक रोजगारमा जाने सोच भएका¸ विदेशमा रहेका तथा नेपाल फर्किन चाहाने सबै नेपालीहरूलाई सुरक्षित वैदेशिक रोजगार प्रक्रिया र त्यसका लागि चाहिने वित्तीय जानकारी दिने शुभयात्रा मोबाइल एप्लिकेसन तपाईँको लागि सहयोगी हुनसक्छ । यो मोबाइल एप्लिकेसनलाई गुगलको प्ले स्टोरमा गएर Shuvayatra टाइप गरी डाउनलोड गर्न तथा www.shuvayatra.org मा लगईन गरेर हेर्न सकिन्छ ।
२०१६मा बेटा भर्सन लञ्च गरी अब भर्सन १.० आज लञ्च गरिएको यो एप्लिकेसनलाई चलाउन झनै सजिलो बनाइएको छ । यसमा वैदेशिक रोजगार सँग सम्बन्धित समाचार¸ वित्तीय जानकारी¸ अडियो/पोडकास्ट तथा भिडयो¸ पुर्याउनुपर्ने विभिन्न प्रक्रियाहरूबारे सबै जानकारीहरू राखिएको छ । धेरै नेपाली जाने पाँच देशहरू मलेसिया¸ कतार¸ साउदी अरेबिया¸ युएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरुलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने¸ विदेश जानको लागि कागजपत्रहरु बनाइरहेकाहरुलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने¸ तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिन्छ । यतिमात्र नभई ठगी लगायत विभिन्न जोखिमबाट बच्ने तथा यदि ठगीमा परिएमा उजुरी कसरी गर्ने भन्ने बारेमा पनि यसमा जानकारीहरू राखिएका छन् ।
विभिन्न प्रयोगकर्ताहरुलाई सहभागी गराएर गरिएको युजर टेस्टिङलाई आधार मानी पुरानो भर्सनमा सुधारहरू गरेर यो एप्लिकेसन सार्वजनिक गरिएको हो ।
के-के विशेषताहरू रहेका छन्:
कसरी डाउनलोड गर्ने?
डाउनलोड गर्नको लागि गुगल प्लेमा गएर Shuvayatra टाइप गर्ने अथवा वेबमा गएर www.shuvayatra.org मा क्लिक गर्नुहोस् । फेसबुक पेजमा जानको लागि www.facebook.com/shuvaGo मा जान सक्नुहुन्छ ।
शुभयात्रा मोबाइल एप विदेशमा रहेका नेपालीहरूको सहयोगमा द एसिया फाउन्डेसनले बनाएको एप्लिकेसन हो जसलाई हाम्रो पात्रो¸ सेयरकास्ट इनिसिएटिभ र विकास उद्यमीले संयुक्त सहकार्य रहेको छ ।