
चाैरजहारी हत्या प्रकरण : वडाध्यक्षले घटनाकाे परिस्थिति सिर्जना गरे, प्रहरीलाई गुमराहमा राखे- गृह मन्त्रालयकाे प्रतिवेदन
पश्चिम रुकुमकाे चौरजहारी नगरपालिका–८ सोतीमा गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा वडाध्यक्षकाे संलग्नता रहेकाे गृह मन्त्रालयकाे प्रतिवेदनले देखाएकाे छ।
गैर दलितकी एक युवतीसँग विवाहका लागि साथीहरुसहित साेती पुगेका जाजरकोटको भेरी नगरपालिका–४ बस्ने नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो। घटनाका सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले घटनाका सम्बन्धमा विस्तृत छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही हुन सिफारिस गरेको हाे।
साेही वडाका वडाअध्यक्ष रहेका डम्बरबहादुर मल्लले 'लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीलाई नियन्त्रणमा लिनुपर्छ' भन्ने बहानामा गाउँलेलाई एकीकृत गराई नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको, गोईरी औलका व्यक्तिलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसलाई भेला जम्मा गरी झण्डै ४ किमी टाढा गइसकेका पीडितलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी ६ जनाको ज्यान लिने परिस्थिति सिर्जना गरेको गृह मन्त्रालयले जनाएको छ।
नेपाल प्रहरीको अनुसन्धानबाट दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम ५४ (३६) १, सन्तोष मल्ल, मोहन पुन मगर, परिवर्तित नाम ५४ (३६)३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३९, विष्णु मल्ल, विराज पुन मगर र सर्वजित भन्ने सविन पुनलाई ज्यानसम्बन्धी कसूरअनुसार सजाय माग गरिएको छ।
प्रतिवादी इन्द्रबहादुर मल्लले सो घटनाको सूचना पाएर पनि सम्बन्धित निकायसमेतलाई कुनै जानकारी नगराई उक्त घटनालाई लुकाईछिपाई मतियारको कार्य गरेको र विनोद मल्ल, रेशम मल्ल समेतका प्रतिवादीले नवराज विकसमेतका व्यक्तिलाई लखेट्दै नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यमा प्रतिवादी तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमले सहयोग गरी मतियारको कार्य गरेकाले निज प्रतिवादी इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल, दिपेन्द्र चन्द, रमित पुन मगर र नवीनकुमार जिएमलाई कारबाहीको सिफारिश गरिएको छ।
यस्तै प्रतिवादी परिवर्तित नाम थर ५४ रुकुम पश्चिम ३६, परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६(२) ले उल्लेखित घटनाको मुख्य षड्यन्त्र गरेको देखिएकाले निजले गरेको कार्य मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२ को दफा ३३ बमोजिम कसूर गरेकाले सोही दफाको उपदफा (३) क बमोजिम सजाय हुन माग गरिएको छ । मृतक तथा घाइतेलाई घेरा हाली ढुङ्गा, लाठी समेतले प्रहार गर्ने प्रतिवादी तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, डिल्ली घर्ती, शौरभ पुन, भीमबहादुर बुढा, धनाराज राना र भीमबहादुर पुनले गरेको गृह मन्त्रालयले जनाएको छ।
प्रतिवादी डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, परिवर्तित नाम थर ५४ (३६), परिवर्तित नाम ५४ (३६)१, परिवर्तित नाम ५४(३६)२, सन्तोष मल्ल, परिवर्तित नाम ५४ (३६)३, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, ईन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्लले जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ (१) बमोजिम कसूर गरेको देखिन आएकाले सोही ऐनको दफा ७ को उपदफा १ (क) बमोजिम सजाय हुन माग गरिएको छ।
उपत्यकामा ५ जना थपिए कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप ५ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको छ ।
काठमाडौंका ४ र ललितपुरका १ जनामा कोभिड संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमवार पत्रकार सम्मेलन गरी दिएका छन् ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितको कुल संख्या ६ हजार २ सय ११ पुगेको छ ।