२१ जेठ २०८३, बिहीबार

अब शुरू हुने भयो बाहिरी चक्रपथको काम, डीपीआर स्वीकृत

कात्तिक २०, २०७४
अब शुरू हुने भयो बाहिरी चक्रपथको काम,  डीपीआर स्वीकृत

काठमाडौं, १५ वैशाख –बाहिरी चक्रपथ आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्विकृति भएको छ । शहरी विकास मन्त्रालयले यही वुधवार बाहिरी चक्रपथ अन्तर्गतको चोभार –गाम्चा –सतुंगल खण्डको करीव ७ किलोमिटर खण्डको डिपीआर स्वीकृत गरेको हो ।

बाहिरी चक्रपथ आयोजनाका अधिकृत धु्रव सापकोटाले ‘पाइलट प्रोजेक्ट’का रुपमा उक्त खण्डको काम अघि बढाउने गरी डिपीआर स्वीकृत भएको जानकारी दिए ।

मन्त्रालयबाट स्वीकृत भएको उक्त आयोजनाको डिपीआर छिट्टै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक गरिने सापकोटाले बताए ।

‘मन्त्रालयले आयोजनाको डिपीआर स्वीकृत गरेको छ, अब चालू आवदेखि नै काम सुरु गर्नेगरी तयारी गरेका छौं,’ आयोजनाका अधिकृत सापकोटाले लोकान्तरसँग भने ।

आयोजनाको डिपीआर स्वीकृतीका लागि आयोजनाले गत माघमा शहरी मन्त्रालयमा पठाएको थियो ।

उक्त खण्डको सडक र पूर्वाधार निर्माणका लागि करीव ६ अर्ब २० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजनाले बताएको छ ।

आयोजना अघि बढाउन जग्गा विवादका कारण काम सुरु गर्न समय लागेको आयोजनाको भनाई छ ।

कुल करीव ७२ किलोमिटर लम्बाईको बाहिरी चक्रपथको निर्माणका लागि आयोजनाले पहिलो चरणमा काम अघि बढाउन स्वीकृत भएसँगै बाँकी खण्ड निर्माणका लागि बाटो खुलेको छ । बाँकी खण्डको काम आगामी वर्षदेखि सुरु गरिने आयोजाका अधिकृत सापकोटाले बताए ।

सरकारले आगामी ५ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । सरकारले झण्डै २० वर्षअघि बाहिरी चक्रपथको परिकल्पना गरेको थियो । व्यवस्थित शहरीकरणका लागि अत्यावश्यकीय मानिएको चक्रपथको निर्माण सम्पन्न भए उपत्यकाको सौन्दर्यमा परिवर्तन आउनेछ ।

salt training

कमेन्ट गर्नुहोस्