१७ असार २०८३, बुधबार

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे घर भई हाल हेटौँडा बस्दै आएका अन्दाजी २४ वर्षीय रवीन्द्र गौतम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 
हेटाँैडा– १० को एक ग्यारेजमा काम गर्दै आएका उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्