०७ साउन २०८३, बिहीबार

जोन बोल्टनले लेखे ट्रम्पको पोल खोल्ने पुस्तक, फौजदारी कारवाही गर्ने ट्रम्पको धम्की

असार २, २०७७
जोन बोल्टनले लेखे ट्रम्पको पोल खोल्ने पुस्तक, फौजदारी कारवाही गर्ने ट्रम्पको धम्की

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्व राष्ट्रिय सल्लाहकार जोन बोल्टनको पुस्तकमा ह्वाइट हाउसको विषय लेखिएको पाइएमा फौजदारी मुद्दाको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । 

आफ्नो किताबमा गोप्य (क्लासिफाइड) सूचना छ भन्ने बोल्टनलाई थाहा छ भनी ट्रम्पले पत्रकारहरूलाई बताए । अनि गोप्य तथा संवेदनशील सूचनाहरूमा पहुँच भएका सरकारी अधिकारीहरूले कुनै पनि पुस्तक लेख्दा अनुमति लिनुपर्ने हुन्छ र बोल्टनले त्यस्तो अनुमति नलिएको पनि उनले बताए । 

‘म राष्ट्रपतिको हैसियतमा रहँदा मसँग गरेका सबै संवादहरू गोप्य हो भन्ने मान्यता राख्छु । त्यसर्थ उनले पुस्तक लेखेका छन् र पुस्तक प्रकाशन हुन लागेको छ भने उनले कानून तोडेको मानिन्छ,’ ट्रम्पले बताए । 

‘त्यसलाई फौजदारी दायित्व भनिन्छ । त्यो ठूलो कुरा हो,’ ट्रम्पले भने । 

पत्रकार भेटघाटको उक्त कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता विलियम बारले बोल्टनलाई क्लियरेन्सको प्रक्रिया पूरा गर्न जस्टिस डिपार्टमेन्टले कोशिश गरिरहेको र त्यसमा रहेका गोप्य सूचना आवश्यक मात्रामा डिलिट गर्न भनेको बताए । 

ट्रम्पले बोल्टनलाई गत सेप्टेम्बर महिनामा पदबाट बर्खास्त गरेका हुन् । उनीहरूबीच परराष्ट्रनीतिका विभिन्न विषयमा मतभिन्नता आउन थालेपछि बोल्टन बर्खास्त गरिएका हुन् । 

बोल्टनको पुस्तक ‘द रूम ह्वेर इट ह्यापन्ड : अ ह्वाइट हाउस मेमोआर’ अर्को मंगलवार प्रकाशित हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्