२४ असार २०८३, बुधबार

टिभिएसको नयाँ बिक्री योजना, सुरक्षित यात्राको सुरक्षित सहयात्री

टिभिएसको नयाँ बिक्री योजना, सुरक्षित यात्राको सुरक्षित सहयात्री

टिभिएस मोटर कम्पनीको नेपाल स्थित आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले टिभिएस बाइक तथा स्कूटरहरूको नयाँ बिक्री योजना “सुरक्षित यात्राको सुरक्षित सहयात्री” शुरू गरेको छ ।

यस योजना अन्तर्गत टिभिएस मोटरसाइकल तथा स्कूटर खरीद गर्ने ग्राहकहरूले जिरो प्रतिशत व्याजदर वा जिरो प्रतिशत डाउनपेमेन्ट वा रु. १०,००० स्कूटरमा र  रु. १२,००० मोटरसाइकलमा  नगद छुट वा अहिले किन्न सकिनेछ र पछि सरल मासिक भुक्तानी गर्न सकिनेछ ।

यसैगरी ग्राहकहरूले अनलाइन मार्फत् पनि टिभिएस मोटरसाइकल तथा स्कूटर खरीदको लागि अर्डर गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी अनलाइन अर्डर गर्ने ग्राहकलाई कम्पनीले घरमै मोटरसाइकल वा स्कूटर उपलब्ध गराउने होम डेलिभरीको सुविधा समेत प्रदान गर्नेछ ।  ग्राहकहरूले  टिभिएसको वेबसाइटमा गएर अनलाइन अर्डर गर्न  पनि सक्नेछन् ।

योजना शुरू गर्दै जगदम्बा मोटर्स प्रा.लि.का प्रबन्ध निर्देशक श्री साहिल अग्रवालले भनेका छन्, ‘परिस्थिति विस्तारै सहज बन्दै गएको छ र अब जीवन फेरि सही ट्रयाकमा आउन लागेको छ । यसैले हाम्रा ग्राहकहरूलाई अबको यात्रा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले हामीले यो योजना अघि सारेका छौं । आशा छ, ग्राहकहरूले यस योजनाबाट भरपूर लाभ लिनु हुने नै छ ।’

अन्तर्राष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका टिभीएस मोटरसाइकल तथा स्कूटरहरूमध्ये नेपालमा १०० देखि ३१० सी सी  सम्म  उपलब्ध छन् । विश्वका ६२ देशमा उपलब्ध टिभीएस ब्राण्डका मोटर साइकल तथा स्कूटरहरू नेपालमा भारत तथा इण्डोनेशीयामा  निर्मित मजबुत, आकर्षक र स्टाइलिस डिजाइनमा उपलब्ध छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्