१९ असार २०८३, शुक्रबार

भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने

भाटभटेनीका अध्यक्ष गुरुङले ११ करोड लागतमा त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका लागि अर्को भवन बनाइदिने भएका छन् ।

भवनको शिलान्यास बुधबार भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त भवनको शिलान्यास गरेका हुन् ।

भवन १० महिनाभित्रै तयार पारेर हस्तान्तरण गर्ने योजना रहेको गुरुङले बताएका छन् ।

भाटभटेनी सुपरमार्केट्सका प्रबन्ध निर्देशकसमेत रहेका गुरुङ र भाइ पहलमान गुरुङले स्वर्गीय बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको स्मृतिमा उक्त भवन बनाउन लागेका हुन् ।

अध्यक्ष गुरुङका अनुसार नयाँ भवन निर्माणमा करीब ११ करोड रुपैयाँ लागत लाग्ने अनुमान छ ।

बेसमेन्टसहित पाँचतलाको हुने उक्त भवनमा एउटा तला २६ सय वर्गफिटको हुनेछ ।

गुरुङले यसअघि पनि करीब १० करोड लागतमा त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षसहितको भवन निर्माण गरिदिएका थिए ।

‘हामीले यसअघि पनि १० करोडजति लगानीमा त्यहाँ भवन बनाइदिएका थियौं,’ भाटभटेनीका अध्यक्ष गुरुङले भने, ‘अहिले बनाउन लागेको भवनमा फर्निचर र आवश्यक सामग्री पनि उपलब्ध गराउने भनेका छौं । त्यहाँ भेन्टिलेटरसहितको व्यवस्था हुन्छ । यसअघि ६ महिनाभित्रै तयार गर्ने योजना थियो, तर कोरोना महामारीका कारण निर्माणको काम केही लम्बिने देखेका छौं । १० महिनाभित्रै हामीले उक्त भवन हस्तान्तरण गर्ने योजना छ ।’

salt training

कमेन्ट गर्नुहोस्