
अग्रज भट्टराईको स्वरमा ‘सबै भन्छन्’ भन्ने बोलको गीत सार्वजनिक भएको छ ।
मंगलवार अग्रज भट्टराईको आफ्नै यूटुव च्यानलमा शान्तिराम राईको संगीत र पूर्व अर्थमन्त्री गीतकार तथा कवि एसपी कोइरालाको शब्द संकलन रहेको उक्त गीतमा अग्रजले स्वर दिएका हुन् ।
सबै भन्छन्, ठुलो बन्नु
कोही भन्छन्, सफल
त्यो भन्दा नी पहिले बनूँ
हामी आफै असल
जस्ता शब्द रहेको गीतका गायकले यसभन्दा अगाडी ‘आज सानै भए त के भो’ भन्ने बोलको गीत सार्वजनिक गरिसकेका छन् ।
भट्टराई बहुप्रतिभाशाली बाल गायक हुन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ का स्थायी बसोबास भएका बुबा मीन भट्टराई र आमा जुनु भट्टराईका सुपुत्र अग्रज हाल काँडाघारी स्थित अक्षरा स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् ।
सानै उमेरदेखि संगीतमा रुची राख्ने अग्रज बहुप्रतिभाशाली साथै अध्ययनमा पनि उत्तिकै अब्बल छन् । उनी संगीतको आदर्श र प्रेरणाको स्रोत गुरु क्षितिज कुलुङलाई मान्छन् ।