
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ सय ८६ जनामा संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी दिएको छ ।
यी हुन्, नयाँ संक्रमित थपिएका जिल्ला :
महोत्तरी १९४
रौतहट १२७
प्युठान ३८
बर्दिया ३१
धनुषा २६
गुल्मी २६
सल्यान २५
नवलपुर १७
कालिकोट १४
अर्घाखाँची १२
कपिलवस्तु १०
मोरङ ९
दाङ ८
बारा ७
रुपन्देही ७
कञ्चनपुर ७
महोत्तरी ६
सर्लाही ६
उदयपुर ४
पर्वत ३
सुर्खेत २
दैलेख २
झापा २
कैलाली १
सिरहा १
बाँके १
निको भएर घर फर्किनेको संख्या भने १ हजार १ सय ६७ पुगेको छ ।