
गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक भएको छ । बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माले एक विज्ञप्ति जारी गर्दै एसएमएस प्रणाली ह्याक भएको र गलत सूचना प्रवाह भएको पाइएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल असार ३ गते दिउँसो करिब २ बजेको समयमा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनाधिकृति रूपमा पहुँच पुर्याई (ह्याक गरी) गलत सूचना एसएमएसमार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको ध्यानाकर्षण भएको पाइएको छ ।’
मन्त्रालयले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेशण नगरिएको जनाएको छ ।
मन्त्रालयले ह्याकिङको विषयमा अनुसन्धान कार्य शुरू गरिसकेको जनाएको छ । 