०१ असार २०८३, सोमबार

स्वर्गद्वारीमा गर्भवती र सुत्केरीलाई कोसेली

असार ३, २०७७
स्वर्गद्वारीमा गर्भवती र सुत्केरीलाई कोसेली
प्रतिकात्मक तस्वीर

प्युठानको स्वर्गद्वारी नगरपालिकाले चालु आर्थिक वर्ष ०७६/०७७ मा ‘उपप्रमुख कोसेली कार्यक्रम’मार्फत ३०० गर्भवती तथा सुत्केरीलाई कोसेली हस्तान्तरण गरेको छ ।

नगर क्षेत्रका गरीब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने गर्भवती तथा सुत्केरीका लागि सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममार्फत सुत्केरी तथा गर्भवतीलाई कोसेली वितरण गरिएको हो । 

चालु आर्थिक वर्षको माघमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने २०० जनालाई अभियानका रुपमा झोला वितरण गरिएको छ । झोलासँगै सरसफाइ र सेनेटरी प्याड गरी ९ प्रकारका सामग्री वितरण गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताए । नगरका विभिन्न वडामा रहेका स्वास्थ्य संस्थामै पुगी अभियानका रुपमा वितरण गरिएको उनको भनाइ छ । 

सोपूर्व सेभ द चिल्डे«नको सहयोगमा गर्भ जाँच गराउँदा  गर्भवतीले कोसेली सामग्री पाए पनि चालु आवमा सो कार्यक्रम सकिएपछि उपप्रमुख कोसेली कार्यक्रममार्फत नै गर्भवती/सुत्केरीलाई कोसेली दिइएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । 

माघसम्म स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी हुनेलाई कोसेली दिइएको थियो । माघपछि गर्भवती हुनेलाई गर्भ जाँच गराउन आउँदा कोसेली वितरण गरिएको छ । 

हालसम्म ३०० महिलालाई कोसेली प्रदान गरिएको र  १०० जनालाई वितरण गर्न बाँकी छ । नगरपालिकाले चालु आवमा ५०० महिलालाई कोसेली वितरण गर्ने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

‘उपप्रमुख कोसेली कार्यक्रम’का लागि नगरपालिकाले चालु आवमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर उपप्रमुख गोमा रेग्मीले बताए । गर्भवती र सुत्केरीले प्रशस्त मात्रामा पोषणयुक्त खानेकुरा नखाएको र व्यक्तिगत सरसफाइमा ध्यान नगएको पाइएकाले सो कार्यक्रम सञ्चालन गरिएको उपप्रमुख रेग्मीले बताइन् । कार्यक्रममार्फत प्रतिसुत्केरी तथा गर्भवतीले २ हजार ५०० रुपैयाँ बराबरको सामग्री पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्