
एसियाली विकास बैंक (एडीबी) ले तीन करोड भन्दाबढीकाे स्वास्थ्य सुरक्षा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न एशियाली विकास बैंकले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) लाई प्रदान गरेको तीन लाख डलर बराबरको अनुदानबाट सुरक्षा सामग्री किनेर बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
कोभिड–१९ महामारीविरुद्ध जारी प्रतिकार्य नेपाललाई सघाउन हस्तान्तरण गरिएका आपत्कालीन स्वास्थ्य सामग्री तथा उपकरण नेपालभरिका कोभिड–१९ अस्पतालमा ‘आइसोलेशन वार्ड’ तयार गर्न प्रयोग हुने एडीबीले जनाएको छ।
त्यसैगरी युनिसेफले कोभिड-१९ फैलिन नदिन नेपाल सरकार तथा अन्य साझेदारसँग निकट सम्पर्कमा रहेर सहकार्य गरिरहेको र सक्दो सहयोग पनि गरिरहेको बताइएको छ।