१७ असार २०८३, बुधबार

आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि

सुर्खेतको  सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी एक २५ वर्षीय  युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कर्णाली सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीद्वारा जारी विज्ञप्ति अनुसार असार १ गते आत्महत्यापछि पोष्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधबार संक्रमण पुष्टि भएको हो।

उनी हालै मात्र भारतबाट आएकी थिइन्। सिम्ताकै एक क्वारेन्टाइनमा बसेर घर फर्किदा उनको आरडीटी रिपोर्ट नेगेटिभ आएको थियो।

 

salt training

कमेन्ट गर्नुहोस्