२८ असार २०८३, आइतबार

भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद

असार ४, २०७७
भारत र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन सम्वाद

भारतीय र चिनियाँ विदेश मन्त्रीले सीमा क्षेत्रमा दुबै देशका सेनाबीच भएको भिडन्तको घटनामा एक अर्काको विरोध जनाएका छन् । सोमबार साँझ लद्दाखसँग जोडिएको गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सेनाका एक कर्णेलसहित २० जनाको मृत्यु भएको थियो ।

बीबीसीका अनुसार टेलिफोन सम्वादको क्रममा भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले आफ्ना चिनियाँ समकक्षी समक्ष चीनले भारतीय भूमिमा पूर्बाधार निर्माण गरेको दाबी गरे। चिनियाँ विदेशमन्त्री याङ यीले भारतीय सेनाले पहिले आक्रमण गरेको दाबी गरे। तर दुबैजनाले भने स्थितिलाई अझै तनाबमय बनाउन नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विवादित सीमा क्षेत्रमा पछिल्लो ४५ वर्षमा सैन्य क्षति नै हुनेगरी यो पहिलो भिडन्त हो । सैन्य हतियार बन्दूक प्रयोग नगरिएपनि भिडन्तको क्रममा लठी र धातुजन्य हतियारको प्रयोग गरिएको थियो ।

चीनले क्षतिको बिवरण खुलाएको छैन् । अझै केही भारतीय सेना हराइरहेका छन् ।

बुधबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सेनाको निधन ब्यर्थ नजाने बताउनुभएको छ । टेलिभिजन सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले भारत शान्ती चाहेको तर उक्साइए जस्तोसुकै परिस्थितिमा सही जवाफ फर्काउन सक्षम रहेको प्रतिक्रिया जनाए।

दुई विदेशमन्त्रीबीचको टेलिफोन सम्वादपछि जारी गरिएको भारत सरकारको वक्तब्यमा चिनियाँ सेना भारतीय भूमिमा पूर्बाधार निर्माण गरेको दाबी गरेको छ । उसले चिनियाँ पक्षले योजना बनाएर नै भिडन्त गरेको दाबी गर्नुका साथै चीनलाई सही कदम चाल्न जोड दिएको छ । वक्तब्यमा दुबैजनाले तनाब बढाउने कुनै कार्य गर्न नहुने निचोड निस्केको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भने सम्वाद्को क्रममा घटनाको छानबीन गरी दोषी भारतीय सेनामाथि कारबाहीको माँग गरिएको प्रष्ट्याए। उनले उक्साउने कुनै पनि गतिबिधि नगर्न जोड दिएका छन्। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्