
बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ ।
सिबिन बाल हेल्पलाइनका अनुसार हेटौंडा उपमहानगरपालिकामा ६, बकैयामा ३, मकवानपुरगढीमा ३, मनहरिमा २ र भीमफेदीमा १ गरी कूल १५ बालविवाह रोकिएको छ ।
स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनका सम्झना अधिकारीले बताइन् । उनले विगत ६ महिनामा जिल्लाका विभिन्न स्थानका ५० बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताइन् ।
अशिक्षा, गरीबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ । स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ ।