१३ असार २०८३, शनिबार

लागूऔषध ब्राउन सुगर र नगदसहित ४ जना पक्राउ

लागूऔषध ब्राउन सुगर र नगदसहित ४ जना पक्राउ

तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३४ मिलिग्राम र नगद ३३ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

 तुलसीपुर उपमहानगरपालिका–१ बस्ने २३ वर्षीय लोक बहादुर थापा र घोराही उपमहानगरपालिका–१५ बस्ने २० वर्षीया सरिता परियार पक्राउ परेको प्रहरी जनाएको छ । 

ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.४ प २८८६ नम्बरको मोटरसाइकलमा  लागू औषध सहित प्रहरी पक्राउ गरेको हो । 

यस्तै बेलौरी नगरपालिका–८ पचुईबाट अवैध लागूऔषध खैरोहेरोईन  ०.६१ ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बेलौरी नगरपालिका–१० बस्ने २४ वर्षीय रामु खाण ठकुरी र बेलडाँडी गाउँपालिका–३ बस्ने २३ वर्षीय आशिस उपाध्याय रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले म २ प ९६१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्