०३ असार २०८३, बुधबार

पछिल्लो २४ घण्टामा थपिए ६ सय ७१ कोरोना संक्रमित, १९ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए ६ सय ७१ कोरोना संक्रमित, १९ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६ सय ७१ कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ ।

बिहीवार नियमित प्रेस ब्रिफिंगमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए ।

यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।

विराटनगरमा गरिएको परीक्षणमा झापाका २, मोरङका १ जनामा संक्रमण देखिएको छ भने काठमाडौँमा गरिएको परीक्षणमा अछाम ४२, बैतडी २५, बाजुरा ४१, भक्तपुर ३, डडेलधुरा ८४, कैलाली २१, कपिलवस्तु १६, काठमाडौँ - २, नुवाकोट २, रौतहट ३४, रुपन्देही ३, सर्लाही २, सिन्धुपाल्चोक १, ललितपुर १, नवलपरासीका १, महोत्तरी १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

डाक्टर गौतमले टेकुमा गरिएको परीक्षणमा सिन्धुलीका १ जनामा संक्रमण भएको बताएका हुन् । उनले भरतपुरमा गरिएको परीक्षणमा पर्वत ५, चितवन १, नवलपरासी पूर्वका १ जनामा संक्रमण देखिएको बताए ।

त्यस्तै धुलिखेलमा गरिएको परीक्षणमा धनुषा २९, बाग्लुङ १, मनाङ १, नवलपरासी पूर्व ३०, स्याङ्जा ९, पर्वत ४, तनहु १५, गोर्खाका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मी ३, कपिलवस्तु १, पाल्पा ६, रुपन्देही ९, रोल्पा १, नवलपरासी १, अर्घाखाचीका ९७ जनामा संक्रमण देखिएको छ भने भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँके ३, बर्दिया ३, कैलाली १, दैलेख १ जनामा संक्रमण देखिएको छ भने राप्तिमा गरिएको परीक्षणमा दाङका ४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ८६, सुर्खेतका ३४ जनामा संक्रमण देखिएको हो ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछाम २, बझाङ २, कंचनपुर २, कैलाली २०, डोटीका ५

जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देखिएको संक्रमण हालसम्मकै उच्च हो ।

यससँगै पछिल्लो २४ घण्टामा १९ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या ११ सय ८६ रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्