१५ असार २०८३, सोमबार

बलात्कारको आरोपमा दुई जना पक्राउ

बलात्कारको आरोपमा दुई जना पक्राउ

कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई पक्राउ गरेको जनाएको छ ।  

पीडित बालिकाको बयानअनुसार बलात्कारको आरोपमा ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्