
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच शुक्रवार अपराह्न अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।
सीपीसी आयोजक रहेको उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा भने सहआयोजकका सहभागी हुँदैछ ।
नेकपा स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेलले शुक्रवार सीपीसीका नेताहरूसँग विकास निर्माण, कोरोनाले पारेको प्रभाव, अन्तर्राष्ट्रिय राजनीतिक अवस्था, अन्तरदेशीय सीमा लगायतका विषयमा छलफल हुने जानकारी दिए ।
यद्यपि स्थायी कमिटी सदस्यसमेत रहेका पौडेल भने सहभागी हुने छैनन् । उनी रुकुमको चौरजहारी हत्याकाण्डको छानबिन गर्न संसदीय समितिको नेतृत्व गर्दै रुकुम गएका छन् ।
उनले नेकपाका नेताहरू चीन नै जाने कार्यक्रम रहेको तर कोरोनाका कारण सम्भव नभएको बताए ।
अन्तरक्रिया कार्यक्रम भर्चुअल हुनेछ । वेबनार एप जुममार्फत अन्तरक्रियामा नेताहरू सहभागी हुनेछन् । कार्यक्रममा दुवै तर्फका १ सय जना पार्टी प्रतिनिधि सहभागी हुने बताइएको छ ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मुख्य वक्ताका रूपमा रहनेछन् भने चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ थाओले प्रशिक्षण दिनेछन् ।