मूल नाराएमालेले ‘संघीयता, समृद्धि र समाजवादको आधार स् नेकपा एमालेको नेतृत्वमा स्थानीय सरकार’ भन्ने चुनावी मूल नारा बनाएको छ । समाजवादकेन्द्रित अर्थतन्त्रको विकासमा जोड दिइएको घोषणापत्रमा लोकप्रिय नारा र कार्यक्रमहरू समेटिएको नेताहरूले बताएका छन् । यस्तै बृद्ध भत्ता मासिक हजार बनाउने घोषणामपत्रमा उल्ल्ेख छ ।
एक घरः एक रोजगार कार्यक्रमकेन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार ५५ बुँदे घोषणापत्रमा विभिन्न क्षेत्र र विषयहरू समेटिएका छन् । नयाँ युगको नयाँ निर्वाचन, नेकपा एमाले नेपाली जनताको सच्चा प्रतिनिधि, नेपाली जनताको सपना स् समृद्ध समाजवादको स्थापना, राष्ट्रिय अर्थतन्त्रमा तीव्र वृद्धि स् विद्युत् ऊर्जामा आर्थिक समृद्धिलगायतका बुँदामा केन्द्रित रहेर योजना र कार्यक्रमको व्याख्या गरिएको छ । त्यस्तै, एक घरः एक रोजगार, १८ वर्ष उमेर पुगेका सबै युवालाई रोजगारीजस्ता महत्वाकांक्षी प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएका छन् ।
५ वर्षभित्र ५ हजार डलर प्रतिव्यक्ति आयनेपालको प्रतिव्यक्ति आयलाई ५ वर्षभित्रै ५ हजार डलर पुर्याएर दक्षिण एसियामै अगाडि आउने महत्वाकांक्षी योजना एमालेले घोषणापत्रमा छ । १५ वर्षभित्र चीन र भारतलाई विकासमा उछिन्ने, दश वर्षमा एसियाली मापदण्डको विकासको स्तरमा मुलुकलाई पुर्याउने, कक्षा १२ सम्मको शिक्षा निःशुल्कलगायतका विषय घोषणापत्रमा समेटिएका छन् । घोषणापत्र आइतबार सार्वजनिक हुनेछ ।