३० जेठ २०८३, शनिबार

जहाँ खानेपानीको पाइपबाट दूध झर्छ

कात्तिक २०, २०७४
जहाँ खानेपानीको पाइपबाट दूध झर्छ
काठमाडौँ, १६ बैशाख- खानेपानीको पाइपबाट दूध ढुवानी हुन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । तर, ललितपुरको दक्षिण भेगमा पर्ने गोटिखेलमा २० एमएमको प्लास्टिक पाइपबाटै हरेक बिहान दूध ढुवानी गरिन्छ । पाँच किलोमिटर टाढाको रिङगिङडाँडाबाट चार सय लिटर दूध गोटिखेल बजारमा पाँच मिनेटमै झर्छ । ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संस्थाका सञ्चालक शिवप्रसाद सञ्जेलका अनुसार गोटिखेलमा मात्र होइन, बुखेल, इकुडोलमा पनि पाइपबाट दूध संकलन हुने गरेको छ, नयाँ पत्रिकाले खबर छापेको छ ।milk1

गोटिखेलमा सुख्खा मौसममा कम दूध आए पनि वर्षा र हिउँदमा भने दैनिक सात सय लिटरसम्म दुध संकलन हुने गर्छ । किसानहरूले पालेका भैंसी र गाईको दूध हरेक दिन २० एमएमको पाइपमा दूध ढुवानी हुँदै आएको छ । बिहान ५ बजेभित्रै किसानहरूले दूध दुहेर रिङगिङडाँडामा पुर्याइसक्छन् । त्यहाँ नापजोख गरी सबै दूध पाइपबाट गोटिखेल पुर्याउने गरेको महांकाल गाउँपालिका–२ का विष्णुप्रसाद घिमिरेले बताए ।

दूध पठाउन ढिला गरेमा बिग्रने भएकाले बिहानै गोटिखेल दूध चिस्यान केन्द्रमा पठाइन्छ । पहिले पानी पठाएर पाइप सफा गरेर मात्र दूध पठाउने गरिन्छ । ‘दूध पठाउँदा पाइपको अवस्था कस्तो छ भन्दै सबैभन्दा पहिले पानी पठाइन्छ,’ सञ्जेलले भने, ‘पानी रिङगिङडाँडाबाट गोटिखेल पुगेपछि दूध पठाउने गरिन्छ, सबै दूध पाइपबाट पठाइसकेपछि अन्तिममा पानी हालेर दूध निखारिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्